मुर्ति चोरी मुद्दामा दीपक मनाङ्गेकी श्रीमती पक्राउ

कास्की । गण्डकी प्रदेशका प्रदेशसभा सदस्य राजीव गुरुङ अर्थात दिपक मनाङ्गेकी श्रीमती दिक्षेन लामा मूर्ति चोरीको आरोपमा पक्राउ परेकी छन्।

लामालाई जिल्ला अदालत कास्कीको पक्राउ पुर्जी अनुसार मकवानपुरको हेटौंडाबाट प्रहरीले पक्राउ गरेको हो।

Advertisement

मंगलबार मकवानपुर प्रहरीले पक्राउ गरी लामालाई कास्की पठाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख एसपी सुशीलसिंह राठौरले बताए।

लामाले बुहुमुल्य धातुबाट बनेको मुर्ति चोरेको भन्दै जिल्ला अदालत कास्कीमा चोरी सम्बन्धी मुद्दा दर्ता भएको थियो।

सोही मुद्दामा जिल्ला अदालत कास्कीले लामालाई पक्राउ गर्न प्रहरीलाई पत्राचार गरेपछि उनलाई हेटौडाबाट पक्राउ गरी कास्की पठाइएको हो।

More News last news
Loading...