पोखरा । पोखरामा प्याराग्लाइडिङ दुर्घटना हुँदा पाइलटको ज्यान गएको छ। दुर्घटनामा यात्रु घाइते भएका छन्।
प्याराग्लाइडिङ दुर्घटनामा पोखरा महानगरपालिका २८ कालिकाका ३८ वर्षीय राजु नेपालीको ज्यान गएको कास्की प्रहरीका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक (डीएसपी) सुवास हमालले जानकारी दिए ।
हमालका अनुसार यात्रु काठमाडौँ बूढानीलकण्ठ–२ की २८ वर्षीया शीला श्रेष्ठ घाइते भएको र उनलाई थप उपचारका लागि काठमाडौँ रिफर गरिएको छ।
श्रेष्ठको छाती र खुट्टामा चोट लागेको छ। फेवातालको सिरान खपौदी क्षेत्रमा दिउँसो १ बजेतिर प्याराग्लाइडिङ दुर्घटना भएको प्रहरीले जनाएको छ।
घटनाको अनुसन्धान भइरहेको कास्की प्रहरीका प्रवक्ता डीएसपी सुवास हमालले बताएका छन् ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
