कोरोना परीक्षण गर्न अब सरकारी परिचयपत्र अनिवार्य

काठमाडौँ । कोरोना भाइरस परीक्षण गर्न अब सरकारबाट जारी भएको परिचय पत्र अनिवार्य भएको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इन्सिडेन्ट कमाण्ड सिस्टमको बैठकले कोरोना परीक्षण गर्ने सबै प्रयोगशालालाई नेपाल सरकारबाट जारी भएको परिचय पत्र अनिवार्य हेर्न निर्देशन दिएको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिए।

Advertisement

यस्तै नेपालमा स्वास्थ्य परीक्षण गरी नेगेटिभ रिपोर्ट लिएर हङकङ, दुबई र जापानको नारिता गएका केही व्यक्तिमा फेरि त्यहीँ परीक्षण गर्दा पोजेटिभ देखिएको भन्दै बैठकले सबै प्रयोगशालालाई आन्तरिक गुणस्तर कायम गर्न पनि निर्देशन दिएको छ।

यसैगरी, अब हवाई तथा स्थल मार्गबाट नेपाल आउने हरेकलाई अनिवार्य १४ दिन क्वरेण्टीनमा राख्न र त्यसपछि मात्र लक्षण देखिएमा पीसीआर परीक्षण गराउन कोरोना सङ्कट व्यवस्थापन केन्द्रलाई पत्राचार गर्ने निर्णय गरेको छ।

More News last news
Loading...