काठमाडौँ । काठमाडौँ र भक्तपुरका प्रमुख जिल्ला अधिकारी परिवर्तन भएका छन्। काठमाडौँमा काली पराजुली आएका छन् भने भक्तपुरमा प्रेम भट्टराई गएका छन्।
काठमाडौँमा हाल रहेका सीडीओ जनकराज दाहाल र भक्तपुरकी सीडीओ हुमकला पाण्डेको गृह मन्त्रालयमा सरुवा भएको छ।
दाहाल र पाण्डे दुवैले एक वर्ष कार्यअवधि पूरा गरेपछि सरुवा गरिएको गृहका एक अधिकारीले बताए।
काठमाडौँका नयाँ सीडीओ पराजुली अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत थिए भने भक्तपुरका सीडीओ भट्टराई धनुषामा प्रमुख जिल्ला अधिकारी थिए। धनुषामा बन्धु बाँस्तोलालाई पठाइएको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
