वरिष्ठ शल्यचिकित्सक डा. मुडभरीको कोरोना संक्रमणबाट मृत्यु

काठमाडौं । वरिष्ठ शल्यचिकित्सक डा. ध्रुव शर्मा मुडभरीको कोरोना संकमणका कारण मृत्यु भएको छ।

पिसीआर पोजेटिभ देखिएपछि होम क्वारेन्टाइनमा रहेका ७७ वर्षीय डा. मुडभरीलाई श्वासप्रश्वासमा समस्या देखिएपछि उपचारका लागि चावहिलस्थित ॐ अस्पताल भर्ना गरिएको थियो।

Advertisement

उनको उपचारका क्रममा शनिबार मृत्यु भएको परिवार स्रोतले बताएको छ।

राजविराज, भैरहवा, बुटवल, पोखरा र काठमाडौंको वीर अस्पतालमा सरकारी शल्य चिकित्सकका रूपमा झण्डै २५ वर्ष सेवा पुर्याउनुभएका डा. मुडभरी ॐ अस्पतालका संस्थापक थिए। उनका श्रीमती,  दुई छोरी र एक छोरा छन्।

More News last news
Loading...