कर्णाली र सुदूरपश्चिमका उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातको सम्भावना

काठमाडौँ । आज कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

आज बेलुका पश्चिमी वायुको प्रभावले कर्णाली र सुदूरपश्चिमका उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् राजु प्रधानाङ्गले जानकारी दिए।

Advertisement

राति अरु ठाउँको मौसम भने सामान्यतया सफा नै रहनेछ।

आज दिउँसो देशको सुदूरपश्चिम र कर्णाली प्रदेशको पहाडी भेगमा आंशिकदेखि सामान्य बद्ली रही बाँकी ठाउँको मौसम सामान्यतया सफा नै हुने उनले बताए।

अहिले बिहान साढे ६ बजे काठमाण्डौको तापक्रम ८ डिग्री सेल्सियस मापन गरिएको छ।

More News last news
Loading...