काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघको चुनाव नजिकिँदै गर्दा उम्मेदवारहरुले प्रचार अभियान तीव्र पारेका छन्।
वरिष्ठ उपाध्यक्षदेखि कार्यकारिणी सदस्यसम्मका उम्मेदवारहरूले भोट माग्न सामाजिक सञ्जालको उपयोग गरेका छन्।
महासंघको आउँदो ११ गतेदेखि १३ गतेसम्म ५४ औं वार्षिक साधारणसभा र नयाँ कार्यसमिति चयनका लागि चुनाव हुँदैछ।
महासंघको विधानले वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने व्यवस्था गरेसँगै अध्यक्षबाहेकका पदमा चुनाव हुनेछ।
वरिष्ठ उपाध्यक्षका चन्द्र ढकाल र किशोर प्रधानले प्यानलसहित उम्मेदवारी दिएका छन्। महासंघको ६३ पदका लागि १ सय २५ जनाले उम्मेदवारी दर्ता गराएका छन्।
महासंघको विधानअनुसार निर्वाचनबाट वरिष्ठ उपाध्यक्ष एकजना, जिल्ला-नगर उपाध्यक्ष एकजना, वस्तुगत उपाध्यक्ष एकजना, एसोसिएट उपाध्यक्ष एकजना, जिल्ला-नगर सदस्य १८ जना, प्रदेश सदस्य ७ जना, वस्तुगत सदस्य १४ जना, एसोसिएट सदस्य १९ जना र द्विराष्ट्रिय सदस्य एकजना गरी ६३ जना निर्वाचित हुनेछन्।
यस्तो छ उम्मेद्वारहरुको सूची :
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
