पोखरामा कोरोना सङ्क्रमणबाट थप एक जनाको मृत्यु

पोखरा । गण्डकी प्रदेशमा कोरोना सङ्क्रमणका कारण हालसम्म मुत्यु हुनेको सङ्ख्या १२३ पुगेको छ। भाइटिकाको दिन आज पोखरामा एक कोरोना सङ्क्रमिकको मृत्यु भएसँगै प्रदेशमा मृत्यु हुनेको सङ्ख्या १२३ पुगेको हो।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखराको कोभिड–१९ उपचार केन्द्रमा उपचाररत पोखरा १५ का ७० वर्षीय कोरोना सङ्क्रमित पुरुषको मृत्यु भएको हो।

Advertisement

कार्तिक ३० गते कोराना सङ्क्रमण पुष्टि भई उपचाररत पुरुषको सोमबार ५:२२ बजे निधन भएको निर्देशक डा. बिनोदविन्दु शर्माले जानकारी दिए ।

More News last news
Loading...