आज १ हजार १९७ जनामा कोरोना सङ्क्रमण पुष्टि, झण्डै तीन हजार डिस्चार्ज

काठमाडौँ । नेपालमा कोरोना भाइरस (कोभिड–१९) का सङ्क्रमितको सङ्ख्या दुई लाख १० हजार नौ सय ७३ पुगेको छ।

सोमबार थप एक हजार एक सय ९७ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

Advertisement

चार हजार आठ सय ३२ जनाको नमुना परीक्षण गर्दा एक हजार एक सय ९७ जनामा सङ्क्रमण देखिएको हो।

त्यस्तै गएको २४ घण्टामा दुई हजार नौ सय ३४ जना निको भएर फर्किएसँगै डिस्चार्ज हुनेको सङ्ख्या एक लाख ७६ हजार तीन सय ६४ पुगेको छ।

अब नेपालमा ३३ हजार तीन सय ७९ जना सक्रिय सङ्क्रमित आइसोलेशनमा रहेका छन्। यस्तै एक हजार १३ जना क्वरेण्टीनमा रहेको मन्त्रालयले जनाएको छ।

यस्तै, गएको २४ घण्टामा नौ जनाको ज्यान गएसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या एक हजार दुई सय ३० पुगेको छ।

More News last news
Loading...