पोखरा । गण्डकी प्रदेशमा पछिल्लो २४ घन्टामा थप २०५ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ।
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार आइतबार पोखरा महानगरका १०२ र मादी गाउँपालिकाका ८ गरी कास्कीमा ११० सहित प्रदेशका ८ जिल्लाका २०५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो।
कुल ९ सय ८८ जनामा कोरोना परीक्षण भएकोमा कास्कीका ११०, बागलुङका ९ , तनहुँका ६, लमजुङका १४, गोरखाका १४, पर्वतका ३ र मुस्ताङका १३ जनामा नतिजा पोजेटिभ देखिएको गण्डकी स्वास्थ्य निर्देशक डा. विनोद विन्दु शर्माले जानकारी दिए।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
