नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा सचिवालय सदस्य समेत रहेका गृहमन्त्री रामबहादुर थापालाई आफूले गृहमन्त्रीबाट हटाउन दवाव नदिएको दावी गरेका छन्। बरु उनलाई उपप्रधानमन्त्री बनाउन भनेको प्रचण्डको दावी छ।
शुक्रवार अर्का अध्यक्ष एवं केपी शर्मा ओलीलाई लेखेको पत्रमा प्रचण्डले भनेका छन्, ‘म तपाईंलाई गम्भीरतापूर्वक चुनौती दिन चाहन्छु, मैले कहाँ र कहिले मन्त्रिमण्डलको पुनर्गठनको सन्दर्भमा कमरेड ईश्वर पोखरेल र गृहमन्त्री रामबहादुर थापाको निरन्तरतामा असहमति जनाएँ ?’
यसअघि प्रचण्डले थापालाई गृहमन्त्रीबाट हटाउन ओलीलाई दवाव दिएको बाहिर प्रचार भएको थियो । ‘अति गर्नु, अतिचार नगर्नु भन्छन्, यो देख्दा त मलाई पनि भन्न मन लागेको छ “इनफ इज इनफ”।’ प्रचण्डले पत्रमा भनेका छन्।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
