भारतमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ लाख २९ हजार नाघ्यो

काठमाडौँ । भारतमा कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या १ लाख २९ हजार नाघेको छ ।

पछिल्लो २४ घण्टामा थप ५३९ जनाको मृत्यु भएसँगै भारतमा कोरोनाले ज्यान गुमाउनेको संख्या १ लाख २९ हजार २२५ पुगेको छ।

Advertisement

पछिल्ला केही सातायता संक्रमण दर घट्दै गएको भारतमा पछिल्लो २४ घण्टामा ४५ हजारभन्दा बढी संक्रमित भएका छन्।

थप ४५ हजार ३४३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ८७ लाख ७३ हजार २४३ पुगेको छ।

संक्रमितमध्ये अहिलेसम्म ८१ लाख ६१ हजार ४६७ जना संक्रमणमुक्त भएका छन्।

More News last news
Loading...