चित्रबहादुर केसीको उपचार खर्च सरकारले ब्यहोर्ने

काठमाडौँ । कोरोना पुष्टि भएपछि उपचाररत राष्ट्रिय जनमोर्चा नेपालका अध्यक्ष चित्रबहादुर केसीको सम्पूर्ण उपचार खर्च सरकारले ब्यहोर्ने भएको छ।

बिहीबार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले अध्यक्ष केसीको सम्पूर्ण उपचार खर्च सरकारले ब्यहोर्ने निर्णय गरेको प्रधानमन्त्रीनिकट स्रोतले जनाएको छ।

Advertisement

‘राष्ट्रिय जनमोर्चाका अध्यक्ष, संविधानसभाका सदस्य, पूर्व उपप्रधानमन्त्री चित्रबहादुर केसीको शीघ्र स्वास्थ्यलाभको कामना समेत गरिएको छ।

बुधबार कोरोना पुष्टि भएका केसीको ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ।

More News last news
Loading...