काठमाडौँ । इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको फाइनल खेलमा अहिले मुम्बई इण्डियन्स र दिल्ली क्यापिटल्स खेलिरहेका छन्।
दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा भइरहेको खेलमा टस जितेको दिल्लीले पहिलो ब्याटिंग गरिरहेको छ। अहिलेसम्म दिल्लीको ५ विकेट गुमेको छ ।
मुम्बईले अहिलेसम्म चार पटक उपाधि जितिसकेको छ भने दिल्ली भने उपाधिविहीन छ, दिल्ली पहिलो पटक फाइलनमा पुगेको हो।
यसैबीच नेपालका लेग स्पिनर दिल्लीमा आबद्ध भए पनि यस संस्करणमा उनले एक पटक पनि मौका पाएनन्। आज उनले चान्स पाउने आशा छ।
यस्तो छ दिल्लीको प्लेइङ ११ शिखर धवन, अजिन्क्या रहाणे, श्रेयस अय्यर, रिषभ पन्त, शिमरोन हेटमायर, मार्कस स्टोइनिस, अक्षर पटेल, रविचन्द्रन अश्विन, प्रवीन दुबे, कागिसो रबाडा र एनरिच नोर्त्जे।
यस्तो छ मुम्बईको प्लेइङ ११ स् रोहित शर्मा, क्विन्टन डी कक, सूर्यकुमार यादव, इशान किशन, हार्दिक पाण्डेया, कायरन पोलार्ड, क्रुनल पाण्डेया, नाथन कल्टर नायल, जयन्त यादव, ट्रेन्ट बोल्ट र जसप्रित बुमराह।
https://www.youtube.com/watch?v=d6OHa77CLD0
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
