अमेरिका निर्वाचन २०२० नतिजाः जो बाइडनले भने, हामी जित्दैछौँ

काठमाडौँ । अमेरिकाका डेमोक्र्याटिक पार्टीका राष्ट्रपतिका उम्मेदवार बाइडनले केही बेर अघि आफ्नो गृह राज्य डेलावेरबाट सम्बोधन गरेका छन्।

सम्बोधन गर्दै उनले भने, हामी अगाडि छौँ। जित्नेछौँ। उनले अमेरिकाको इतिहासमै सबभन्दा धेरै मत आफ्ना पक्षमा आउने बताए।

Advertisement

२४ वर्षपछि एरिजोना जित्दैछौँ। २८ वर्षमा जोर्जिया जित्दैछौँ। पेन्सिलभेनिया जस्तो महत्त्वपूर्ण राज्य जित्दैछौँ। रेकर्ड नम्बरले परिवर्तन रोजेका छन्, उनले भने।

कोभिडबारे चिन्ता
म र कमला ह्यारिसले हिजो महामारीबारे विशेषज्ञसँग कुराकानी गरेका थियौँ। आफन्त गुमाएकाहरूप्रति समवेदना प्रकट गर्न चाहन्छौँ, उनले भने।

उनले आफ्नो कार्यकालमा पहिलो दिनदेखि नै महामारी नियन्त्रण गर्न काम थाल्ने बताए।

मतगणना जारी रहेका बेला बाइडनले धैर्य गर्न आग्रह गरेका छन्। उनले भने, “हामी शान्त रहन आवश्यक छ र प्रक्रियालाई काम गर्न दिनुपर्छ।”

“तपाईँको मत गणना हुनेछ। त्यसलाई रोक्न जति कोशिस गरिए पनि म त्यसो हुन दिने छैन।”

उनले भने, “हाम्रा अगाडि गम्भीर समस्याहरू छन्। हामीसँग पार्टीगत लडाइँमा खेर फाल्ने समय छैन।”

बाइडन ह्वाइट हाउस पुग्नका लागि महत्त्वपूर्ण बनेका राज्यहरू पेन्सिलभेनिया, नेभाडा, एरिजोना र जोर्जियामा अग्रता लिइरहेका छन्।

More News last news
Loading...