विश्वभर तीन करोड ४९ लाख कोरोना मुक्त, १२ लाख ३८ हजारको मृत्यु

काठमाडौं । विश्वभर तीन करोड ४९ लाखभन्दा बढी कोरोना भाइरसका बिरामी निको भएका छन्। शुक्रबार बिहानसम्ममा तीन करोड ४९ लाख ७० हजार १६ जना संक्रमित कोरोनामुक्त भएका हुन्।

हालसम्म विश्वमा चार करोड ९० लाख पाँच हजार नौ सय १६ जनामा कोरोना संक्रमण भएको छ। संक्रमितमध्ये १२ लाख ३८ हजार सात सय ८८ जनाको मृत्यु भइसकेको छ। हाल विश्वमा एक करोड २७ लाख ९७ हजारभन्दा बढी सक्रिय संक्रमित रहेको वल्डोमिटरले जनाएको छ।

Advertisement

कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित राष्ट्र संयुक्त राज्य अमेरिकामा हालसम्म ९९ लाख १४ हजारभन्दा बढी मानिस संक्रमित भइसकेका छन्।

संक्रमितमध्ये ६३ लाख ३५ हजारभन्दा बढी निको भएका छन्। यहाँ दुई लाख ४० हजार नौ सय २२ जना संक्रमितले ज्यान गुमाइसकेका छन्।

भारतमा हालसम्म ८४ लाख ११ हजारभन्दा बढी मानिस संक्रमित भएका छन्। संक्रमितमध्ये ७७ लाख ६४ हजारभन्दा बढी निको भएका छन्। यहाँ कोरोनाबाट ज्यान गुमाउनेको संख्या एक लाख २५ हजार २९ पुगेको छ।

नेपालमा हालसम्म एक लाख ८५ हजार नौ सय ७४ जनामा कोरोना पुष्टि भएको छ। संक्रमितमध्ये एक लाख ४८ हजार चार सय आठ जना निको भएका छन्। यहाँ कोरोनाबाट एक हजार ५२ जनाले ज्यान गुमाइसकेका छन्।

More News last news
Loading...