रोनाल्डोको उत्कृष्ट प्रदर्शनमा गोल वर्षाउँदै युभेन्टस विजयी

एजेन्सी । स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले उत्कृष्ट प्रदर्शन गरेपछि इटालियन सिरी ‘ए’ फुटबलमा साविक विजेता युभेन्ट्सले शानदार जित हात पारेको छ।

आइतबार राति भएको खेलमा युभेन्ट्सले स्पेजियालाई उसैको मैदानमा ४–१ गोलले पराजित गरेको हो।

Advertisement

युभेन्ट्सको जितमा क्रिस्टियानो रोनाल्डोले दुई गोल गरे। कोरोना भाईरसको संक्रमणबाट मुक्त हुँदै मैदान प्रवेश गरेको पहिलो खेलमै रोनाल्डोले दुई गोल गरेका हुन्।

यस्तै अल्भारो मोराटा र एड्रियन राबिओटले एक एक गोल गरे।

घरेलु टोलीका टोमासो पोबेगाले एक गोल फर्काए।

जितसँगै युभेन्ट्सले ६ खेलमा १२ अंक जोडेको छ । युभेन्ट्स दोस्रो स्थानमा रहेको छ।

स्पेजिया ६ खेलमा ५ अंक जोडेर १६औँ स्थानमा रहेको छ।

More News last news
Loading...