चेन्नईसँग पराजित पञ्जाब ‘प्लेअफ’बाट बाहिरियो

काठमाडौँ । इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा किङ्ग्स एलाभेन पञ्जाब चेन्नई सुपर किङ्ग्ससँग पराजित भएको छ।

पञ्जाबले दिएको १५४ रनको लक्ष्य चेन्नईले १८ दशमलव पाँच बलमा एक विकेट गुमाउँदै भेट्यायो। ​चेन्नईका लागि रुतुराज गायकवाडले अविजित ६२, फाफ डु प्लेसीले ४८ र अम्बाती रायुडुले अविजित ३० रन बनाए।

Advertisement

पञ्जाबका लागि क्रिस जोर्डनले एक विकेट लिए। हारसँगै पञ्जाबको प्लेअफ खेल्ने सम्भावना सकिएको छ। चेन्नईको भने यसअघि नै प्लेअफ खेल्ने सम्भावना सकिएको थियो।

यसअघि आबुधाबीको शेख जयेद स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको पञ्जाबले २० ओभरमा ६ विकेट गुमाउँदै एक सय ५३ रन बनाएको थियो। पञ्जाबका लागि दीपक हूडाले ३० बलमा अविजित ६५ रन र मयङ्क अग्रवालले १५ बलमा २६ रन बनाए।

बलिङतर्फ लुङ्गी एन्गिडीले तीन विकेट लिँदा शार्दुल ठाकुर, इमरान ताहिर र रविन्द्र जडेजाले समान एक–एक विकेट लिए। चेन्नईले १८ दशमलव पाँच बलमा एक विकेट गुमाउँदै एक सय ५४ रन बनायो।

More News last news
Loading...