कर्णाली प्रदेशमा मन्त्रिमण्डल हेरफेरको तयारी

काठमाडौँ । कर्णाली प्रदेशको मन्त्रिमण्डल हेरफेरको तयारी भएको छ।

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आज मन्त्रिमण्डल हेरफेर गर्न लागेका हुन्।

Advertisement

स्रोतका अनुसार नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष केपी शर्मा ओली पक्षका सामाजिक विकास मन्त्री दल रावल र उद्योग, पर्यटन तथा वन तथा वातावरणमन्त्री नन्दसिंह बुढालाई हटाउने तयारी छ।

चन्द्रबहादुर शाही, करवीर शाही र अमरबहादुर थापालाई नयाँ मन्त्रीका रुपमा जिम्मेवारी दिने तयारी छ।

कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री दल रावलले पनि सरकारबाट बाहिरिने सङ्केत गरेका छन् ।

उनले आइतबार बिहानै सामाजिक सञ्जाल फेसबुकमार्फत् ३२ महिने कार्यकालमा सहयोग गर्ने सबैलाई धन्यवाद दिएका छन्।

असोज २५ गते मुख्यमन्त्री शाहीविरुद्ध नेकपा संसदीय दलमा अविश्वास प्रस्ताव दर्ता भएसँगै विवाद बढेको हो ।

More News last news
Loading...