होम आइसोलेशनमै दुई संक्रमितको मृत्यु

नवलपुर । पूर्वी नवलपरासीमा कोरोना संक्रमण पुष्टी भई होम आइसोलेशनमा रहेका दुई जना संक्रमितको मृत्यु भएको छ।

नवलपरासीपूर्व कावासोती नगरपालिका-६ निवासी ६८ वर्षीय पुरुष र गैंडाकोट नगरपालिका २ निवासी ७७ वर्षीया महिलाको होम आइसोलेशनमा आज बिहान मृत्यु भएको स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव चापागाईंले जानकारी दिए।

Advertisement

मृतक दुबैको सुरक्षा निकाय, स्वास्थ्यकर्मी तथा जनप्रतिनिधिको निगरानीमा घर परिवारले नै दाहसंस्कार गर्ने चापागाईंले बताए।

More News last news
Loading...