एजेन्सी । यूएईमा जारी १३औं संस्करणको आईपीएल टी–ट्वान्टी क्रिकेटमा राजस्थान रोयल्सले किङ्स इलाभेन पन्जाबलाई पराजित गरेको छ।
आबुधाबीमा शुक्रबार राति भएको खेलमा राजस्थानले पन्जाबलाई ७ विकेटले पराजित गरेको हो।
शेख जायद क्रिकेट स्टेडियममा पन्जाबले दिएको १ सय ८५ रनको लक्ष्य राजस्थानले १७ ओभर ३ बलमा मात्र ३ विकेट गुमाएर पुरा गर्यो।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पन्जाबले २० ओभरमा ४ विकेट गुमाएर १ सय ८५ रन बनाएको थियो।
पन्जाबका लागि क्रिस गेलले ९९ रनको अर्धशतकीय इनिङ्स खेले ।
पन्जाबलाई हराएसँगै राजस्थान तालिकाको पाँचौं स्थानमा उक्लिएको छ । जितसँगै राजस्थानले प्ले अफ सम्भावना कायम राखेको छ । राजस्थानले १३ खेलमा १२ अंक जोडेको छ ।
पन्जाबले पनि १३ खेलमा १२ अंक नै जोडेको छ । पन्जाब तालिकाको चौंथो स्थानमा यथावत रहेको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
