काठमाडौँ । देशभर न्यूनतम तापक्रम घटेसँगै चिसो बढ्दै गएको छ।
काठमाडौँको आज बिहानको तापक्रम यो वर्षकै कम ११ डिग्री सेल्सियस मापन गरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार हिजो र अस्ति काठमाडौँको न्यूनतम तापक्रम ११ दशमलव ४ डिग्री सेल्सियस थियो। न्यूनतम तापक्रम घटेर बिहान बेलुकी चिसो बढे पनि दिउँसो भने गर्मी नै छ।
अधिकतम तापक्रम घट्दै गएपछि मात्रै दिउँसो पनि चिसो हुने मौसमविद् प्रतिभा मानन्धरको भनाइ छ। आज पहाडी क्षेत्रको मौसम आंशिक बदली भए पनि अरु ठाउँको मौसम सफा हुने उनले जानकारी दिए ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
