काठमाडौँ । पछिल्लो २४ घण्टामा आज (बिहीबार) थप २ हजार ३६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यो सँगै नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या १ लाख ६४ हजार ७१८ पुगेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा ३ हजार ३८ जना कोरोना संक्रमणबाट निको भएर डिस्चार्ज भएका छन् ।
यो सँगै निको हुनेको संख्या १ लाख २४ हजार ८६२ पुगेको छ। देशभरी सक्रिय संक्रमितको संख्या हालसम्म ३८ हजार ९५२ छ।
मन्त्रालयका अनुसार हालसम्म पीसीआर विधिबाट १४ लाख १९ हजार ६४ परीक्षणहरु गरिएका छन्। पछिल्लो २४ घण्टामा जम्मा ९ हजार ७६९ पीसीआर परीक्षण भएका छन्।
हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या २ हजार ६८९ जना रहेका छन्।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
