आज देशभर ह्वात्तै घट्यो कोरोना संक्रमण

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ५७० जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ।

देशभरका ल्याबमा जम्मा २ हजार ७२५ नमुना परीक्षण भएको र २७२५ नाममा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनासंख्या मन्त्रालयले जनाएको छ।

Advertisement

यससँगै संक्रमितको संख्या १ लाख ६० हजार ४०० पुगेको छ । उनीहरुमध्ये १ लाख १८ हजार ८४३ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र ३ हजार १६८ जना संक्रमणमुक्त भएका हुन्।

यस्तै थप १४ जनाको मृत्यु भएको छ । यससँगै कोरोना संक्रमणबाट मृत्यु हुनेहरुको संख्या ८७६ पुगेको छ ।

More News last news
Loading...