नयाँ सैनिक अधिकृतको मूल निशानसमक्ष हुने शपथ स्थगित

काठमाडौँ । नेपाली सेनाका नयाँ अधिकृतले मूल निशानसमक्ष शपथ लिने परम्परा यस पटक स्थगन भएको छ।

हरेक वर्ष बडादशैँको महानवमीका दिन नयाँ अधिकृतले शपथ लिने प्रचलन रहेकामा कोभिड–१९ बाट सिर्जित जोखिमका कारण यस वर्ष गरिएन।

Advertisement

सैनिक प्रवक्ता सन्तोषबल्लभ पौडेलका अनुसार हनुमानढोका क्षेत्र, कम्पुकोतस्थित नेपाली सेनाको मूल निशान (भगवती) समक्ष नयाँ अधिकृतले पद तथा गोपनीयताको शपथ लिने परम्परा थियो।

काठमाडौँ उपत्यका बाहिर खटिने अधिकृतले अनुकूल समय मिलाएर शपथ लिने गरे पनि काठमाडौँ। उपत्यकाभित्रका नयाँ अधिकृतले महानवमीकै दिन अनिवार्यरुपमा शपथ लिने चलन थियो।

सेनाले शक्तिस्वरुपा भगवतीलाई मूल निशान मान्दैआएको छ। अधिकृत तहका लागि सेनाले सहायक सेनानी (सेकेण्ड लेफ्टिनेन्ट) मा भर्ना लिने गर्छ।

More News last news
Loading...