पूर्वमन्त्री जर्नादन शर्मालाई कोरोना संक्रमण

काठमाडौँ । पूर्व गृहमन्त्री जर्नादन शर्मालाई कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रभावशाली नेता शर्माले सामाजिक सञ्जालमार्फत आफूलाई संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् ।

Advertisement

नेता शर्माले, पीसीआर परीक्षण गर्दा आफूलाई संक्रमण पुष्टि भएको बताउँदै पछिल्ला केही दिनमा आफ्नो सम्पर्कमा आएका सबैलाई सर्तक रहन र समस्या देखिएमा परीक्षण गराउन आग्रह समेत गरेका छन् ।

शर्माकी पत्नी लक्ष्मी शर्मालाई पनि संक्रमण देखिएको छ ।

More News last news
Loading...