काठमाडौं । विश्वभर एकैदिन ४ लाख ८९ हजारभन्दा बढीमा संक्रमण पुष्टि भएको छ।
पछिल्लो २४ घण्टामा मात्रै विश्वभर ४ लाख ८९ हजार ७५७ जनामा संक्रमण भएसँगै यो समाचार तयार पार्दासम्म संक्रमित संख्या ४ करोड २४ लाख ६९ हजार ७८३ पुगेको छ।
यस्तै पछिल्लो २४ घण्टामा २ लाख ३९ हजार ५८४ जना निको भएर घर फर्किएका छन्। योसँगै संक्रमण मुक्त हुनेको संख्या ३ करोड १४ लाख २२ हजार ३५३ पुगेको छ।
यस्तै एकै दिन थप ६ हजार ५२६ जनाको मृत्यु भएको छ। योसँगै कोरोना संक्रमणले विश्वभर मृत्यु हुनेको संख्या ११ लाख ४९ हजार ११८ पुगेको छ।
सबैभन्दा धेरै संक्रमित भएको अमेरिकामा ८७ लाख ४६ हजारभन्दा बढीमा संक्रमण पुष्टि भएको छ।
दोस्रो धेरै संक्रमण भएको मुलुक भारतमा संक्रमित संख्या ७८ लाख १३ हजार नाघेको छ। यस्तै ब्राजिलमा संक्रमित संख्या ५३ लाख ५५ पुगेको छ। ब्राजिल विश्वमा तेस्रो धेरै संक्रमण भएको मुलुक हो।
कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरूमा २ लाख ४७ हजार ४८८ जनाको मृत्यु भएको छ। ७९ लाख ८८ हजार ५१२ जना संक्रमित भएकोमा ३३ लाख ८६ हजार ७५९ जना संक्रमणमुक्त भएका छन्।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
