आज वडा दशैँको सातौँ दिन ‘फुलपाती’ घर घरमा फुलपाति भित्राइदै

काठमाडौँ । आजदेखि दशैको विदा सुरु भएको छ।

नवरात्रिको सातौं दिन अर्थात् फूलपाती देशभर शक्तिपीठहरुमा पुजाआज हुनेगर्छ। आज घर घरमा फुलपाति भित्राएर मनाउने गरिन्छ।

Advertisement

घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको दशैँ घर अथवा पूजा कोठामा शुभ साइतको प्रतीकका रुपमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र मानवृक्ष भित्राउने चलन छ।

जमलबाट हनुमानढोकासम्म ब्याण्डबाजा र नाचगानसहित फूलपाती ल्याउने गरिएकामा यस वर्ष विधि मात्र पूरा गरिने छ।

फूलपाती भित्र्याएपछि नौदेवीको विधिपूर्वक पूजाराधना गरिन्छ। फूलपाती भित्र्याउन साइत आवश्यकता नपर्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा. डा. रामचन्द्र गौतमले बताए।

More News last news
Loading...