राष्ट्रपतिद्वारा तीन मुलुकका लागि आवासीय राजदूत नियुक्त

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले तीन मुलुकका लागि आवासीय राजदूत पदमा नियुक्त गरेकी छन्।

राष्ट्रपति भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा राजदूत नियुक्त गरेकी हुन्।

Advertisement

राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा २८२ बमोजिम बेल्जियम अधिराज्यका लागि गेहेन्द्र अधिकारी, इस्लामिक गणतन्त्रका लागि तापस अधिकारी र सङ्घीय गणतन्त्र जर्मनीका लागि रामकाजी खड्कालाई राजदूत नियुक्त गरेको राष्ट्रपतिको कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।

More News last news
Loading...