काठमाडौँ । नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८ सय १२ पुगेको छ। पछिल्लो २४ घण्टामा २१ जनाको संक्रमणबाट मृत्यु भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २१ जनाको संक्रमणबाट मृत्यु भएको हो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुुसार हालसम्म पीसीआर विधिबाट १३ लाख ५० हजार १५२ परीक्षणहरु गरिएका छन्। २४ घण्टामा जम्मा १५ हजार २५५ पीसीआर परीक्षण भएका छन्।
हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या ३ हजार ७५१ जना रहेका छन्।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
