काठमाडौँ । नेपालमा कोरोना संक्रमण निको हुनेको संख्या १ लाख नाघेको छ। पछिल्लो २४ घण्टामा ३ हजार २ सय १५ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएसँगै नेपालमा कोरोना निको हुनेको संख्या १ लाख २ हजार ८२० पुगेको हो।
त्यस्तै आज २४ घण्टामा जनामा थप ३ हजार ६३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुुसार हालसम्म पीसीआर विधिबाट १३ लाख ५० हजार १५२ परीक्षणहरु गरिएका छन्। २४ घण्टामा जम्मा १५ हजार २५५ पीसीआर परीक्षण भएका छन्।
हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या ३ हजार ७५१ जना रहेका छन्।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
