काठमाडौँ । पछिल्लो २४ घण्टामा कोरोनाभाइरस संक्रमणका कारण २६ जना व्यक्तिको मृत्यु भएको छ । यससँगै हालसम्म संक्रमणबाट मृत्यु हुनेको संख्या ७ सय ९१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यस्तै नेपालमा पछिल्लो २४ घण्टामा ५ हजार ७ सय ४३ व्यक्तिमा कोभिड १९ संक्रमण पुष्टि भएको मन्त्रालयले बताएको छ ।
यससँगै कुल सक्रिय संक्रमितको संख्या ४४ हजार ४ सय ७६ पुगेको छ । हालसम्म संक्रमणमा परेका व्यक्तिहरुको संख्या १ लाख ४४ हजार ८ सय ७२ पुगेको छ ।
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३ हजार १ सय ७ जना व्यक्तिमा संक्रमण फेला परेको छ । जसमध्ये काठमाडौंमा २ हजार ३ सय ९१ जना, भक्तपुरमा १ सय ७३ जना र ललितपुरमा ५ सय ४३ जना रहेका छन् ।
मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमका अनुसार २९ हजार ८ सय जना संक्रमित होम आइसोलेसनमा रहेका छन भने १४ हजार ६ सय ७६ जना संक्रमित संस्थागत आइसोलेसनमा उपचाररत रहेका छन् ।
पछिल्लो २४ घण्टामा संक्रमण मुक्त हुनेको संख्या २ हजार ९ सय ९६ रहेको छ । यससँगै हालसम्म निको हुनेहरुको संख्या ९९ हार ६ सय ५ पुगेको छ ।
प्रवक्ता गौतमका अनुसार आज आइसियुमा उपचार गराउने संक्रमितहरुको संख्या २ सय ६९ रहेको छ । भेन्टिलेटरमा उपचार भएका संक्रमितहरुको संख्या ८७ रहेको छ । देशभर ४ हजार ६५ जना क्वारेन्टाइनमा रहेको पनि प्रवक्ता गौतमले बताए ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
