उपत्यकामा मात्रै आज ३ हजार १०७ कोरोना संक्रमित फेला

काठमाडौँ । उपत्यकामा नयाँ ३ हजार १०७ कोरोना संक्रमित देखिएका छन् । पछिल्लो २४ घण्टामा उपत्यकाका तीन जिल्लामा ३ हजार १०७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौंमा २ हजार ३९१, ललितपुरमा ५४३ र भक्तपुरमा १७३ जना संक्रमित देखिएका हुन् ।

Advertisement

पछिल्लो २४ घण्टामा देशभर भने बुधबार थप ५ हजार ७४३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्यले जनाएको छ । हालसम्म नेपालमा १ लाख ४४ हजार ८७२ संक्रमितको संख्या पुगेको छ ।

२४ घण्टामा जम्मा २० हजार ११८ पीसीआर परीक्षण भएका छन् ।

More News last news
Loading...