पोखरा । पोखराबाट आजदेखि एभरेस्ट आवाज डटकम सञ्चालनमा आएको छ।
सञ्चार क्षेत्रमा दुई दशकको अनुभव सँगालेका पोखराका अग्रज सञ्चारकर्मी र उद्यमीसँगको सहकार्यमा सो अनलाइन सञ्चालनमा ल्याइएको हो। संस्थाका अध्यक्ष कर्मकुमारी गुरुङले अनलाइनको शुभारम्भ गर्दै समाज रुपान्तरणको सशक्त माध्यमका रुपमा एभरेष्ट आवाजले सामाजिक उत्तरदायित्व बहन गर्ने बताए।
अनलाइनका सम्पादक दीपेन्द्र श्रेष्ठले सञ्चारगृहलाई आगामी दिनमा थप परिष्कृत गर्दै लैजाने बताए। नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष श्रेष्ठले आगामी मङ्सिरदेखि एफएम रेडियो र यसै वर्षभित्र अनलाइन टेलिभिजन सञ्चालनमा ल्याउने योजना सुनाए ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
