विराटनगर र धरानमा ८ कोरोना संक्रमितको मृत्यु

विराटनगर । कोरोना संक्रमणका कारण प्रदेश १ मा एकै दिन आठ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पाँच जना र विराटनगरमा तीन जनाको मृत्यु भएको हो ।

Advertisement

विराटनगरको विराट नर्सिङ होममा एक महिला र कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा दुई पुरुषको मृत्यु भएको छ ।

More News last news
Loading...