काठमाडौँ उपत्यकामा एकै दिन थपिए १४ सय ३ जना कोरोना संक्रमित

काठमाडौँ । पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड-१९) बाट काठमाडौं उपत्यकाका १४ सय ३ जनामा संक्रमण देखिएको छ।

काठमाडौंमा ९९६ , ललितपुरमा १०२ र भक्तपुरमा ३०५ जना गरी १४ सय ३ जनामा संक्रमण देखिएको मन्त्रालय प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।

Advertisement

पछिल्लो २४ घण्टामा २६ सय ३८ जनामा संक्रमण देखिएसँगै संक्रमितको संख्या १ लाख १७ हजार ९९६ पुगेको छ। ३६ हजार ३६७ जना कोरोनाका सक्रिय संक्रमित छन्। मन्त्रालयका अनुसार संस्थागत आइसोलेसनमा १४ हजार ८१९ जना रहेका छन् भने होम आइसोलेसनमा २१ हजार ५४८ छन्। यस्तै क्वारेन्टाइनमा ४ हजार ६६६ जना रहेका छन्।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १३ हजार ९४७ नमूनाको पीसीआर परीक्षण भएको छ। बुधबार २१ सय ७४ जनाले कोरोना जितेर डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ। योसँगै कुल डिस्चार्ज हुनेको संख्या ८० हजार ९५४ पुगेको छ।

आइसीयूमा ३०५ र ७० जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ। नेपालमा कोरोनाबाट ६७५ जनाको मृत्यु भएको छ। बुधबार मात्रै १२ जनाको मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ।

More News last news
Loading...