पोखरा । बालहितकारी परियोजना नेपालको २० औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ।
सोमबार संस्थाका अध्यक्ष गोविन्दराज पहारीको अध्यक्षतामा भएको कार्यक्रममा पोखरा महानगरपालिका–१५ का वडाध्यक्ष प्रकाश पौडेलको प्रमूख अतिथिको रुपमा सहभागी थिए ।
बालहितकारी संस्थाले सामाजिक क्षेत्रमा गरेको योगदानको उच्च प्रशंसा गर्दै प्रमूख अतिथि पौडेलले वडाले संस्थासँगको सहकार्यमा काम गर्न पाएकोमा खूशी व्यक्त गरे ।
यस्तै, कार्यक्रमका विशेष अतिथि पोखरा महानगरपालिका–६ का वडाध्यक्ष जगत बहादुर पहारीले संस्थाले सामाजिक क्षेत्रमा गरेको योगदानको उच्च कदर गर्दै स्थानीय निकायसँगको सम्बन्ध विस्तारमा जोडदिनुपर्ने बताए।

संस्थाको वार्षिक साधारण सभामा लामो समय नेपालमा बसेर सामाजिक क्षेत्रमा काम गरेका बेलायती नागरिक जेरेमी साउदनलाई संस्थाको मानार्थ सदस्यबाट सम्मान गरिएको थियो।
कार्यक्रममा बोल्दै बेलायती नागरिक जेरेमीले बालहितकारी परियोजनाले सञ्चालन गरेका कार्यक्रमहरु राम्रा रहेको र यसका किडाशा सन्तुष्ट रहेको बताउँदै संस्थाको अझै प्रगतिको कामना गरे।
संस्थाको वार्षिक कार्यक्रम प्रगति विवरण र भावी कार्ययोजना संस्थाका कार्यक्रम निर्देशक ठाकुर प्रसाद चापागाइले प्रस्तुत गरेका थिए ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
