भैरहवामा गाडीको ठक्करबाट फलफूल व्यापारीको मृत्यु

बुटवल । रुपन्देहीको भैरहवामा स्कारपियो गाडीले फलफुल बेच्ने ठेलालाई ठक्कर दिँदा ठेला चालकको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रवक्ता खड्गबहादुर खत्रीकाअनुसार मृत्यु हुनेमा सिद्धार्थनगर नगरपालिका–६ दयापथका ४० वर्षीय बिनोद मल्लाह रहेका छन्।

Advertisement

सिद्धार्थनगर नगरपालिका–८ नारायणस्थान नजिकै भित्री सडकखण्डमा लु १ य ८ नं. को स्कारपियो गाडीले हिजो साँझ बाटोको साईडमा फलफूल बेच्ने ठेलालाई ठक्कर दिएको थियो।

बिनोदको उपचारको क्रममा भिम अस्पताल भैरहवामा मृत्यु भएको प्रहरीले जनाएको छ। ठक्कर दिने गाडी र चालक प्रहरी नियन्त्रणमा रहेका छन्।

More News last news
Loading...