धादिङ । काठमाडौँ नाकाको रुपमा रहेको धादिङ जिल्लामा हालसम्म कोरोना संक्रमितको संख्या ५७१ पुगेको छ । बिहीबार एकै दिन ७१ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ५७१ पुगेको हो ।
धादिङमा समुदाय स्तरमा कोरोना संक्रमण फैलिएको आशंका गरिएको छ।
लक्षणनै नदेखिएका र कुनै ट्राभल हिस्ट्री नभएका समेत धमाधम कोरोना संक्रमित देखिन थालेका छन्।
बिहीबार धादिङमा थपिएका ७१ संक्रमितमध्ये नीलकण्ठ नगरपालिकाका ३९ जना छन्। अन्य खनियावास, ज्वालामुखी, गल्छी, गजुरी गंगाजमुना, त्रिपुरासुन्दरी र थाक्रे गाउँपालिकाका रहेका स्वास्थ्य कार्यालय धादिङले जनाएको छ।
अहिलेसम्म संक्रमित भएकाहरुमा नीलकण्ठ नगरपालिकाका १ सय ६२ जना, गल्छीमा ७७ जना, त्रिपुरासुन्दरीमा ७६ र ज्वालामुखीमा ५६ जना, थाँक्रेमा ४० जना, बेनिघाटरोराङमा २३ जना र बाँकी अन्य स्थानीय तहका छन्।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
