बुटवल । कोरोना भाइरस संक्रमणबाट रुपन्देहीमा एक जना वडा सदस्यको मृत्यु भएको छ ।
रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नं. ५ का वडा सदस्य इन्जिनियर सुवोध तुलाचनको मृत्यु भएको हो ।
उनको उपचार भैरहवास्थित युनिभर्सल मेडिकल कलेजको भेन्टिलेटरमा हुँदै आएको थियो ।
४७ वर्षीय तुलाचन नेपाली कांग्रेसका तर्फबाट वडा सदस्यमा निर्वाचित भएका थिए ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
