काठमाडौँ । काठमाडौँको कलंकी स्थित गणेशमान सिंह बहुमुखी क्याम्पसका विद्यार्थीहरुले क्याम्पस प्रशासनमा तालाबन्दी गरेका छन् ।
क्याम्पसलाई पारदर्शी ढंगबाट चलाउनुपर्ने लगायतका विभिन्न माग राखेर विद्यार्थीहरुले तालाबन्दी गरेका हुन् ।
क्याम्पस प्रमुखमार्फत व्यवस्थापन समितिलाई असोज ९ गते आफुहरुले बुझाएको ज्ञापनपत्रलाई बेवास्ता गरिएको भन्दै उनीहरुले असोज १३ गतेदेखि क्याम्पसमा ताला लगाएका छन् ।
संचालक समितिले गरेको निर्णय खारेज गर्नुपर्ने, शुल्क वृद्धि गरि असुल गरिएको शुल्कको यर्थाथ विवरण सार्बजनिक गर्नुपर्ने, शुल्क वृद्धि सम्बन्धि भ्रम फैलाउने व्यक्ति सार्वजनिक गर्नुपर्ने लगायतका माग राखेर तालाबन्दी गरेको विद्यार्थी एम एन इटनीले जानकारी दिए ।
यसअघि गत पुष २८ गते पेश गरेको ७ बुँदे मागका सम्बन्धमा पनि प्रशासन मौन रहेको प्रति आफुहरुको आपत्ति रहेको उनले बताए।
यसका साथै पब्लिक क्याम्पस प्राध्यापक संघ, गणेशमान सिंह बहुमुखी क्याम्पस इकाई समितिका अध्यक्ष रवी खनालले विज्ञप्ती जारी गरी आफूहरुको सहमति बिपरित क्याम्पसमा अध्यापनरत प्राध्यापकमध्ये सबैभन्दा कनिष्ट प्राध्यापकलाई सहायक क्याम्पस प्रमुख नियुक्ति गरेको प्रति आपत्ति जनाएका छन् । उनीहरुले नियुक्ति यथासिघ्र सच्याउन माग गरेका छन् ।
आफुहरुका माग सम्वोधन नभएसम्म अनलाइन कक्षा संचालन गर्न नसकिने समेत बताएको छ । क्याम्पसलाई पारदर्शी, विधि र विधान अनुरुप संचालन गर्नुपर्ने माग लामो समयदेखि गर्दै आएपनि सुनुवाई नभएको गुनासो प्राध्यापकहरुको छ ।
संघीय राजनधानी काठमाडौँका विभिन्न क्याम्पसहरुले धमाधम अनलाईन कक्षा संचालन गरेपनि यस क्याम्पसले भने झण्डै ७ महिना लामो कोरोना संक्रमणका बेला डेढ महिनापनि राम्रोसँग अनलाइन कक्षा संचालन गरेको छैन ।
विद्याथीहरुले क्याम्पसले अनलाइन कक्षा लिएपनि दिनमा जम्मा ४०–४५ मिनेट मात्रै लिने गरेको यतिलामो समयसम्म विद्यार्थीको अध्ययनलाई कुनै वास्ता नगरेको आरोप समेत लगाएका छन् ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
