काठमाडौँ । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ का प्रमुख राजनीतिक सल्लाहकार सूर्य सुवेदी ‘पथिक’ लाई कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ ।
सुवेदीले सामाजिक सञ्जाल फेसबुकमार्फत आफूलाई कोरोना संक्रमण भएको जानकारी दिँदै सम्पर्कमा रहेका सबैजनालाई सावधानी अपनाउन समेत आग्रह गरेका छन्।
अघिल्लो साता गृहमन्त्री थापा र सशस्त्र प्रहरी प्रमुख (आईजीपी) शैलेन्द्र खनाल, सुवेदीलगायतको टोली दार्चुलाको छाङरु पुगेर फर्किएको थियो।
त्यसैगरी २० असोजमा प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख राजनीतिक सल्लाहकार, प्रमुख स्वीकय सचिव, परराष्ट्र सल्लहाकार र प्रेस सल्लाकारलाई एकैचोटी कोरोनासंक्रमण देखिएको थियो।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
