दोलखाका निजी विद्यालयले ५ महिनाको शुल्क नलिने

दोलखा । दोलखाका निजी विद्यालयले ५ महिनाको शुल्क नलिने घोषणा गरेका छन्।

निजी तथा आवासीय विद्यालय सङ्गठन (प्याब्सन) दोलखाका अनुसार जिल्लाभर रहेका ३३ वटा बोर्डिङ स्कुलले वैशाख महिना देखि भदौ महिना सम्मको कुनै पनि शुल्क नलिने भएको हो।

Advertisement

असोज ७ गतेबाट दोलखाका विद्यालय सञ्चालन गर्ने निर्णय गरेसँगै यो निर्णय गरिएको प्याब्सन दोलखाका अध्यक्ष पर्वत थापाले जानकारी दिएका छन्।

More News last news
Loading...