रुपन्देही नेकपाका २ हजार बढी कार्यकर्ताद्वारा पार्टी परित्याग

रुपन्देही । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) रुपन्देहीका दुई हजार जनाभन्दा धेरै कार्यकर्ताले पार्टी परित्यागको घोषणा गरेका छन् ।

प्रदेश ५ को राजधानी दाङ सार्ने प्रस्तावको विरोधमा उनीहरुले पार्टी परित्याग गर्ने घोषणा गरेका हुन्।

Advertisement

रुपन्देही व्यापार सङ्घ, रुपन्देही उद्योग सङ्घ, होटल तथा रेस्टुरेन्ट व्यवसायी सङ्घ, पश्चिम नेपाल बस व्यवसायी प्रालीलगायत ३५ संस्थामा आबद्ध नेकपाका सदस्यले पार्टी छोड्ने घोषणा गरेको होटल तथा रेस्टुरेन्ट व्यवसायी सङ्घका अध्यक्ष समुद्र जीसीले जानकारी दिए ।

विशेषगरी प्रदेश नम्बर ५ को राजधानी बुटवल कि दाङ भन्नेमा तीव्र विवाद रहँदै आएकोमा आज (मंगलबार) को भोटिङबाट प्रदेशको स्थायी राजधानी दाङको देउखुरी हुने टुंगो लागेको छ भने प्रदेशको नाम पनि लुम्बिनी कायम भएको छ ।

भोटिङमा देउखुरीको पक्षमा ६९ र विपक्षमा १३ मत खसेको सभामुख पूर्ण बहादुर घर्तीले जानकारी दिएका छन् ।

More News last news
Loading...