तनहुँमा दशैँ मनाउन घर आउने व्यक्ति अनिवार्य १४ दिन क्वारेन्टिनमा बस्नुपर्ने

दमौली । तनहुँमा स्वदेश तथा विदेशबाट चाडपर्व मनाउन घर आउने व्यक्ति १४ दिनसम्म अनिवार्य क्वारेन्टिनमा बस्नु पर्ने भएको छ।

जिल्ला संकट व्यवस्थापन केन्द्रको सोमबार बसेको बैठकले जिल्लामा कोरोना संक्रमणको जोखिम कायमै रहेको निष्कर्ष निकाल्दै दशैं तिहार जस्ता चाडपर्व मनाउन आउने व्यक्ति अनिवार्य १४ दिन क्वारेन्टिनमा बस्नुपर्ने निर्णय गरिएको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गल बरालले जानकारी दिए।

Advertisement

पीसीआर परीक्षणको रिपोर्ट नेगेटिभ लिएर आउने व्यक्तिहरु भने क्वारेन्टिनमा बस्नु नपर्ने सहायक प्रजिअ बरालले बताए ।

More News last news
Loading...