कावासोतीको जंगलमा महिलाको कान काटेर गहना लुटियो

नवलपरासी । पूर्वी नवलपरासको कावासोती जंगलमा लुटेराले एक महिलाको दुवै कान काटेर गहना लुटेको छ।

आइतबार बिहान कावासोतीस्थित बुढौली कुनाको जंगलको बाटो हुँदै कावासोती बजार आउँदै गरेकी तुलसी पौडेलको गहना लुटिएको हो।

Advertisement

तुलसीका श्रीमान दण्डपाणीका अनुसार कान काटेर २ वटा ठूला मडहरी (रिंग) लुटेका हुन्।

उनको टाउकोमा पनि चोट लागेको छ। तुलसीको कावासोतीस्थित नवलपुर अस्पतालमा उपचार भइहरेको छ।

जिल्ला प्रहरी कार्यालयबाट ६ सय मिटर पूर्वतर्फको जंगलमा ती महिला लुटिएकी हुन्।

More News last news
Loading...