काठमाडौँ । नेपालकै कान्छा सामाजिक अभियन्ता केपी खनाल भारतको ‘युथ आइकन अवार्ड’बाट सम्मानित भएका छन् ।
भारतीय स्वतन्त्रता संग्रामका नायक महात्मा गान्धीको १५१ औं जन्म जयन्तीका अवसरमा नेपालकै कान्छा सामाजिक अभियन्ता केपी खनाललाई युथ आइकन अवार्डले सम्मानित भएका हुन् ।
शुक्रबार भारतको राजधानी नयाँदिल्लीमा राइजिङ टुइकल फाउन्डेसनको आयोजनामा भएको कार्यक्रममा उनलाई युथ आइकन अवार्डबाट सम्मान गरिएको हो।
समाजमा उदाहरणीय कार्य गरेको ठहरसहित फाउन्डेसनले खनाललाई सम्मान गरेको हो। सानै उमेरमा संघीय राजधानी काठमाडौँसहितका विभिन्न जिल्लामा स्वच्छता र सरसफाइ अभियान चलाइरहेका उनले असहाय र गरीबलाई पनि सहयोग गर्दै आइरहेका छन्।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
