काठमाडौँ । विश्वभर एकै दिन ३ लाख १५ हजारभन्दा बढी मानिसलाई कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ।
शुक्रबार बिहानसम्म विश्वभर ३ करोड ४४ लाख ७० हजार ७७८ जनामा संक्रमण भएको छ ।
त्यसमध्ये ३ लाख १५ हजार ३१ जना पछिल्लो २४ घण्टामा थपिएका संक्रमित हुन् ।
यस्तै एकै दिन थप ८ हजार ८४३ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणले विश्वभर मृत्यु हुनेको संख्या १० लाख २७ हजार ४८९ पुगेको छ ।
एकै दिन २ लाख ३१ हजार ५३९ मानिस कोरोना संक्रमणमुक्त भएका छन् ।
तथ्याङ्क अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सका शुक्रबार बिहानसम्म कोरोनाबाट निको हुनेको संख्या २ करोड ५६ लाख ५७ हजार ४७९ पुगेको छ ।
कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरूमा २ लाख २३ हजार २२५ जनाको मृत्यु भएको छ। ५० लाख ९३ हजार ८६८ जना संक्रमित भएकोमा २५ लाख ५९ हजार ७७ जना संक्रमणमुक्त भएका छन्।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
