कान्तिपुर डेन्टल कलेजले खुलायो डेन्टल हाइजिन र डिप्लोमा इन फार्मेसीमा भर्ना

काठमाडौं । कान्तिपुर डेन्टल कलेज एण्ड कान्तिपुर स्कूल अफ डेन्टिष्टले डिप्लोमा इन फार्मेसी र डेन्टल हाइजिनमा भर्ना खुलाएको छ । राजधानीको बसुन्धारामा रहेको यस कलेजले डिप्लोमा इन फार्मेसी ३ वर्षे र सर्टिफिकेट इन डेन्टल साईन्स (डेन्टल हाइजिन) ३ वर्षे कार्यक्रमका लागि भर्ना खुलाएको हो ।

सीटिइभीटिई बाट मान्यता प्राप्त कार्यक्रमका लागि एसएलसी र एसइइ उत्तिर्ण गरेको र विज्ञान, गणित, अंग्रेजी विषयमा ‘सी’ ग्रेड ल्याएको तथा कुल २ दशमलव शून्य जीपीए हुनेहरु आवेदन दिन सक्ने कलेज प्रशासनले जनाएको छ । इच्छुक विद्यार्थीहरुले असोज १५ गतेसम्म आवेदन दिन सक्नेछन् ।

Advertisement

नेपालको दन्त स्वास्थ्यको इतिहासमा कलेजले अर्थपूर्ण उपस्थिती जनाएको भन्दै आफ्नो प्रति सिट सुरक्षित गर्नका लागि एसइइ उत्तिर्ण बिद्यार्थीहरुका लागि आह्वान समेत गरेको छ । डेन्टल हाइजिन पढिसकेपछि पाउने डिग्री र त्यसपछि प्राप्त गर्ने लाइसेन्स पछि सो व्यक्तिले मुख तथा दाँतका विरामीहरुको निश्चित भागको उपचार गर्न सकिन्छ ।

नेपालमा यसप्रतिको आकर्षण बढ्दै गएको छ । यसमा सरकारी दरबन्दी कम रहेपनि निजी क्षेत्रमा भने यसको पढाई पुरा गरेपछि सजिलै रोजगारको अवसर पाउने गरिन्छ । डिप्लोमा इन फार्मेसीको पढाइ सकेपश्चात विभिन्न सरकारी तथा निजी फार्मेसीका साथै कम्युनिटी फार्मेसी, औषधी अनुसन्धान लगायतका क्षेत्रमा रोजगारी पाइन्छ ।

More News last news
Loading...