रौतहट । रौतहटको देवाही गोनाही नगरपालिकामा एक दम्पतीमाथि आक्रमण भएको छ। आक्रमणमा श्रीमतीको मृत्यु भएको छ भने श्रीमानको अवस्था गम्भीर छ।
देवाही गोनाही-५ टिकुलियाका महेश तिवारी र उनकी पत्नी जगरामी देवीमाथि आक्रमण भएको प्रहरीले जनाएको छ । चार जनाको समूहले धारिलो हतियारले प्रहार गर्दा घाइते भएका तिवारी दम्पतीलाई उपचारको लागी वीरगञ्ज लगिएको थियो। जगरामीको मृत्यु भएको छ भने महेशको अवस्था गम्भीर छ ।
जग्गा विवादका कारण परेको मुद्दामा साक्षी बसेका महेश तिवारीलाई शुक्रबार साँझ देवाही गोनाही-५ का सोनालाल मुखिया, प्रजित मुखिया र बलिराम मुखिया सहित चार जना मिलेर दम्पतीलाई आक्रमण गरेका थिए।
उनीहरुले जग्गा विवादमा साक्षी बसेको भन्दै तिवारी दम्पतीमाथि आक्रमण भएको प्रहरीको प्रारम्भीक अनुमान छ। तीनै जना पक्राउ परिसकेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डिएसपी भरत श्रेष्ठले बताए ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
